मृगौला पीडित छोरीको उपचारमा सहयोग गर्न आग्रह

0
56

विराटनगर, १ जेठ । दुवै मृगौला विग्रिएपछि थला परेकी २५ वर्षीय पार्वती तामाङको उपचारमा सहयोग गरिदिन आमा धनमाया तामाङले आग्रह गर्नु भएको छ । विराटनगर महानगरपालिका–१३ मा बसोबास गर्दै आउनु भएकी पार्वतीको दुवै मृगौला गत मंसिरबाट विग्रिएको थियो । मृगौला विग्रिएर उपचाररत पार्वतीको खर्च अभावमा उपचार प्रभावकारी बन्न नसकेको आमा धनमायाले बताउनु भयो । धनमायाकी तीन छोरी मध्ये कान्छी चोरी पार्वतीको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । अहिलेसम्म उहाँको उपचारमा डेढ लाख बढी खर्च भइसकेको छ । विभिन्न व्यक्तिले उपचारका लागि ४० हजार रुपैयाँ सहयोग गरेका छन् । घरवार केही पनि नभएर सुकुम्बासी जीवन विताउँदै आउनु भएकी धनमाया छोरी मृगौला विग्रिएर थला परेपछि थप तनावमा हुनु हुन्छ । छोरीकै उपचारका लागि अर्काको जुठा भाँडा माझ्ने र मजदुरी गर्ने गर्न थालेको उहाँले बताउनु भयो । ‘अहिलेसम्म उपचारमा डेढ लाख रुपैयाँ खर्च भइसक्यो,’ उहाँले भन्नु भयो, ‘अब छोरीको उपचार गर्न हामीसँग पैसा छैन ।’ नियमित डाईलासिस गर्न चिकित्सकले सुझाव दिए पनि पैसाको अभावमा राम्रोसँग उपचार हुन नसकेको धनमायाको गुनासो छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here