Tune to BFM 91.2|Biratnagar

मेची अस्पताल भद्रपुरमा पिपिइ वितरण

विराटनगर, २० चैत । मेची अस्पताल भद्रपुरमा गुणस्तरीय पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) नहुँदा चिकित्सकलाई उपचार गर्न समस्या भइरहेको छ ।

कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा अस्पतालको आइसोलेसन वार्डमा हालसम्म पाँच जना बिरामी उपचारका लागि आइसकेका छन् । उनीहरूको उपचार खटिने चिकित्सकले लगाउने सुरक्षित पोसाक पिपिइ गुणस्तरीय नभएको भन्दै भद्रपुरका उद्योगी महेश मित्तलले अस्पताललाई १० थान लेबल थ्री पिपिइ उपलब्ध गराउनु भएको छ ।

उद्योगी मित्तलले अस्पतालका मेसु डा. पीताम्बर ठाकुरलाई पिपिइ हस्तान्तरण गरेका हुन् । एक सय थान एन ९५ मास्क समेत अस्पताललाई उपलब्ध गराउने बताइएको छ । अहिलेसम्म अस्पतालमा सामान्य खालको पिपिइ मात्र रहेको बताउँदै डा ठाकुरले सहयोग स्वरुप लेबल थ्री पिपिइ अस्पतालले पाएको बताउनुभया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button