Tune to BFM 91.2|Biratnagar

मेची पहाडी पर्यटन प्रबद्र्धन समिति खारेज

विराटनगर, ३० असार । मेची पहाडी पर्यटन प्रबद्र्धन समिति खारेज भएको छ । प्रदेश–१ मन्त्रिपरिषद्को आज बसेको बैठकले मेची पहाडी पर्यटन प्रबद्र्धन समिति खारेज गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले मेची पर्यटन प्रबद्र्धन समितिको म्याद सकिएको र प्रदेशमा नयाँ संरचना निर्माण गर्नुपर्ने भएकाले उक्त समिति खारेज गरिएको जानकारी दिनुभयो ।

मन्त्रीपरिषद्को बैठकले संघबाट शसर्त अनुदानअन्तर्गत सडक निर्माणका लागि आएको बजेट रकमान्तर गर्ने, सिंचाई तथा नदी नियन्त्रण कार्यक्रम संशोधन गर्ने निर्णय पनि गरेको छ । यस्तै भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयअन्तर्गतको कटहरी फलफूल तथा तरकारी थोकबजार नियमावली २०६६ खारेज गर्ने निर्णय गरेको छ ।

उक्त ठाउँमा कटहरी तरकारी थोकबजार सञ्चालन नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रीपरिषद्ले नयाँ नियमावली स्वीकृत गरेसँगै बिशिष्टिकृत सहकारीमार्फत तरकारी थोकबजार सञ्चालन गर्ने बाटो खुलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button