Tune to BFM 91.2|Biratnagar

मेरिल्याण्ड कलेजद्वारा तीन संस्थालाई खाद्यन्न सामाग्री वितरण

विराटनगर ८ असार । विराटनगर ७ मा रहेको मेरिल्याण्ड कलेजले शैक्षिक गतिविधीसंगसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै खाद्यन्न सामाग्री हस्तान्त्रण गरेको छ । आज मंगलबार कलेजमा एक कार्यक्रमको आयोजना गरि कलेजले लकडाउनको अवधिमा भोकालाई खाना खुवाउँने, गरिवलाई खाद्यन्न सामाग्री वितरण गर्ने संस्था लगायतलाई खाद्यन्न सामाग्री वितरण गरेको हो ।

कलेजले भोकालाई खाना खुवाउँने हाम्रो अभियानलाई १५ केजीको चामल २५ बोरा, विराटनगर दक्षिणी भेगमा रहेका मजदुर तथा विपन्न परिवारलाई राहत वितरण गर्दै आएको विराटनगर– १७ मा रहेको युथ युनिटी अफ नेपाललाई १५ केजीको चामल १५ बोरा, कलेजका निर्देशक भेषराज पोखरेलले जानकारी दिनुभयो।

उनीहरु सवैलाई कलेजका निर्देशकहरु नन्द किशोर अग्रवाल र प्रदिप भगतलगायत कलेजका विद्यार्थीहरुले वितरण गरे ।हाल कोरोना माहामारीका कारण स्कुल कलेज बन्द भए पनि कलेजले भने शैक्षिक गतिविधीलाई रोकेर अहिले सामाजिक कार्यमा लागी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button