Tune to BFM 91.2|Biratnagar

मोटरसाइकलको ठक्करबाट विराटनगरमा वृद्धा महिलाको मृत्यु

विराटनगर, ३० मंसिर । तीव्र गतिमा रहेको मोटरसाइकलको ठक्करबाट गय राति विराटनगरमा एक वृद्धा महिलाको ज्यान गएको छ । विराटनगर महानगरपालिका–१५ झमेली चोकस्थित भित्री सडक खण्डमा उत्तरतर्फ जाँदै गरेको मे ७ प ६३३२ नम्बरको मोटरसाइकलले पैदल यात्रा गरिरहेकी वृद्धालाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा विराटनगर–१५ की ६५ वर्षीया विखियादेवी साहको ज्यान गएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिनु भयो । उहाँका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा राति १० बजेतिर मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–७ का २२ वर्षीय विक्रम साहलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानबाट साहले सवारी चालक अनुमति पत्र (लाइसेन्स) नलिइकन सवारी साधन मोटरसाइकल चलाउने गरेको पाइएको छ ।

लाइसेन्स बिनानै लापरबाहीपूर्ण तरिकाले तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button