Tune to BFM 91.2|Biratnagar

मोटरसाइकलले ठक्कर दिँदा महिलाको मृत्युु

विराटनगर, २८ भदौ । तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा विराटनगर महानगरपालिका–१३ की ४० वर्षीया मीरा ठाकुरको मृत्यु भएको छ ।

मोटरसाइकल भने लाइसेन्स (सवारी चालक अनुमति पत्र) प्राप्त नगरेका चालकले कुदाएको पाइएको छ । को ७ प ५३३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी ठाकुरको उपचारका क्रममा न्युरो अस्पतालमा आज बिहान ६ बजे मृत्यु भएको हो ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेश पोदारले विराटनगर–१० शान्ति चोकमा तीव्र गतिमा रहेको मोटरसाइकलले महिलालाई शनिबार दिउँसो १ बजे ठक्कर दिएर घाइते बनाएको बताउनु भयो ।

मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी ठाकुरको उपचार हुँदै गर्दा मृत्यु भएको जानकारी पोदारले दिनु भयो ।

मोटरसाइकल चालक विराटनगर–८ का १९ वर्षीय जीयालाल राजवंशीलाई नियन्त्रणमा प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकल चालक राजवंशीले लाइसेन्स बिनानै मोटरसाइकल चलाउने गरेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button