मोटरसाइकलले ठक्कर दिंदा खड्गीको मृत्यु

0
137

विराटनगर, २३ असार । मोटरसाइकलले साइकललाई ठक्कर दिंदा मोरङको बुढीगंगा गाउँपालिका–४ मा आज एक जनाको मृत्यु भएको छ । सुनसरीको दुहबीबाट मोरङको टंकीसिनवारीतर्फ आउँदै गरेको को २८ प २९०७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिंदा भोजपुर घर भएका ३४ वर्षीय लोकबहादुर खड्गीको मृत्यु भएको हो । प्रहरीका अनुसार बाटो काट्ने क्रममा बुढीगंगा–४ मा डेरा गरेर बस्ने खड्गीले चलाएको साइकललाई मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा मध्यान्ह १२ बजे मृृत्यु भएको हो । मोटरसाइकल र चालक सुनसरी सोनापुरका २६ वर्षीय विष्णु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here