Tune to BFM 91.2|Biratnagar

मोटरसाइकल चोर्ने आरोपमा सातजना पक्राउ

विराटनगर २२ जेठ । मोटसाइकल चोरी गरेको आरोपमा मोरङको बेलाबारीबाट सातजना पक्राउ परेका छन् ।सुनसरीको इटहरी उपमहानगरपालिका–२० का ३८ वर्षीय बलराम गुरूङ, ३९ वर्षीय भवेस भनिने सुवास लिम्बू, ३० वर्षीय मचिन राई, २१ वर्षीय गोलमोल राई, १९ वर्षीय रोमन परियार, २१ वर्षीय राते भनिने मनोज परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले भन्नुभयो, “जेठ २ गते राति मोरङको सुन्दरहरैँचा नगरपालिका–४, बलियास्थित मीनाकुमारी विकको घरमा डेरा गरी बस्ने मदनकुमार चौधरीको नामको मोटरसाइकल चोरी भएको हो । यसमा संलग्नलाई पक्राउ गरिएको हो ।”प्रहरीका अनुसार प्र–१–०५–००१ प–००६१ नम्बरको रातो रङको २०० सीसीको एनएस मोटरसाइ्कल चोरी भएको थियो । चोरी भएको मोटसाइकल इटहरी उपमहानगरपालिका–१३ का २८ वर्षीय राजेश मेहताको घरबाट शुक्रबार राति बरामद गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button