Tune to BFM 91.2|Biratnagar

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

विराटनगर ११ चैत । ओखलढुङगाको मानेभञ्ज्याङमा आज भएको मोटरसाइकल दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।

आज विहान ११ वजे ना ६ त ७३६० नम्वरको ट्रयाक्टरको ठक्करबाट बा ६३ प ९३५५ नम्बरको मोटरसाईकलको पछाडी सवार मानेभञ्ज्याङ ५ की २५ वर्षीया पवित्रा राईको मृत्यु भएको हो ।

दुवै मोटरसाईकलका चालक सोही स्थानका २४ बर्षीय सुजन राई र १९ बर्षीय सनम राई घाईते भएका छन् । घाईतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेकोे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button