Tune to BFM 91.2|Biratnagar

मोटरसाईकल चोर्ने ४ जना पक्राउ

विराटनगर, ७ पुस । मोरङ प्रहरीले मोटरसाईकल चोरी गरेको आरोपमा ४ जनालाई विराटनगरबाट पक्राउ गरेको छ ।

प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर ४ बस्ने २० बर्षिय विवेक थन्दार,सोहि ठाँउ बस्ने २० बर्षिय अमन थन्दार, बुढिगंंगा गाउँपालिका वडा नं.२ बस्ने २० बर्षिय पुजन थन्दार र सुनसरी दुहवी नगरपालिका वडा नं.१० बस्ने २० बर्षिय नगेन्द्र चौधरीलाई पक्राउ गरेको हो ।

उनिहरुलाई चोरी गरि ल्याएको मोटरसाईकल डोर्याएर जाँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका वडा नं. ४ को बुढाथोकी मार्गबाट गएराति ८ बजे पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

उनिहरु प्रदेश नं.१–०२–०४२ प ७३४८ नम्बरको पल्सर मोटरसाईकल डोर्याउँँदै गइरहेको अवस्थामा पक्राउ परेका थिए । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी चोरी गरेको खुल्न आएकोले थप कारबाही अघि बढाइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button