Tune to BFM 91.2|Biratnagar

मोरंगका बालविकास शिक्षकहरुको गुनासो

विराटनगर २६ जेठ । मोरंगका बालविकास शिक्षकहरुले आफुहरु शोषणमा परेको बताएका छन । अन्य शिक्षक सरह आफुहरुले काम गरीरहेको भएपनि पारिश्रमिक भने मासिक ६ हजार रुपैयामात्र आफुहरुले पाउने गरेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई समस्या अनलाईन संवादमा बताएका छन् ।

पटक पटक पारिश्रमिक बढाउन गरिएको पहल खेर गएको उनिहरुले बताएका छन् । प्रदेश एकमा करिब ७ हजार बालविकास शिक्षकहरु कार्यरत रहेका छन् । बालविकास शिक्षकहरुले मन्त्री घिमिरेलाई सुविधा वृद्धिको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

प्रारम्भीक बालविकास शिक्षक समितिका अध्यक्ष लीला धमला लगायतले ज्ञापन पत्र बुझाएका हुन । मन्त्री घिमिरेकोसँगको अनलाईन संवादमा २९ जना सहभागि भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button