Tune to BFM 91.2|Biratnagar

मोरंगको बेलबारी नगरपालिकामा उद्यमीको खोजी

विराटनगर, २५ असार । मोरंगको बेलबारी नगरपालिकाले नयाँ उद्यमीको खोजी गर्न सुरु गरेको छ । गरीबसँग नगरपालिका नाम दिएर नगरपालिकाले टोल टोलमा गएर नयाँ ब्यबसाय गर्नेहरुको खोजी गर्न थालेको हो ।

अति विपन्न, एकल महिला,दलित आदिवासी, जनजातिहरु, पिछडा वर्ग, अपाङ्गता भएका ब्याक्तिहरुलाई प्राथमिकता दिएर टोल टोलमा पुगेर छनोट गर्न थालिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

प्रत्येक टोल विकास संस्थाबाट ५ जनाको छनोट गरी त्यो टोलका टोलवासिले गर्न चाहेको ब्याबसाय तथा उधोग बारे बुझ्न थालेको मेयर सुवेदीले बताउनुभयो । उहाँले उनीहरुको रुचि अनुसार आत्मनिर्भर बनाउन प्रोत्साहन गर्ने बताउनुभयो । सामुहिक खेती गर्नेलाई प्रोत्साहन गर्ने समेत उहाँले बताउनुभयो ।

ब्यबसायिक कृषि पर्यटन,सहकारीमा आधारित उत्पादन, स्थानिय कच्चा पदार्थमा आधारित कुटिर उद्योग र साना उद्योग लगायतका क्षेत्रमा उक्त कार्यक्रम मार्फत लगानी गरिने मेयर सुवेदीले बताउनुभयो । स्थानिय कच्चा पदार्थको प्रयोग गरेर बनाइएका सामाग्रिहरुको बजारीकरणमा समेत नगरपालिकाले सहयोग पुर्याउने उहाँले बताउनुभयो ।

आफनै गाँउ ठाँउमा खेर गईरहेका बासबाट डोका बनाएर डस्विनको काम गर्न सकिने उहाँले बताउनुभयो । बिदेशबाट आएर ब्यापार ब्यवसाय गर्नेहरुलाई थप सहयोग गर्ने मेयर सुवेदीको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button