Tune to BFM 91.2|Biratnagar

मोरंगको भौंडाहा बालविवाह मुक्त

विराटनगर २३ फागुन । मोरंगको कटहरी ५ भौडाहा बाल विवाहमुक्त भएको छ । कटहरी गाउँपालिकाका ७ वटा वडा मध्ये कटहरी ५ पहिलो बालविवाह मुक्त वडा बनेको हो । आज एक कार्यक्रमकावीच प्रदेश नं. १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले बाल विवाहमुक्त वडा घोषणा गर्नुभएको हो ।

वडा नंं ५ मा बालविवाह विरुद्धको अभियान सञ्चालन गरेपछि बालविवाहको संख्या घटेको वडाध्यक्ष घनस्याम सिंहले बताउनुभयो । २०७५ मा ५ वटा बाल विवाह भएको २०७६ मा २ वटा मात्रै भएको छ । विगत ६ महिना देखि एउटा पनि बालविवाह नभएको उहाँले बताउनुभयो । कटहरी ५ बालविवाह मुक्त हुने मोरंगको तेश्रो वडा भएको छ ।

यसअघि ग्रामथान १ र २ बालविवाह मुक्त भएका थिए । बालविवाह मुक्त भएको ग्रामथान १ बालमैत्री वडा नै घोषित भईसकेको छ । मोरंगको कटहरी ५ र ६, ग्रामथान १ र २, बुढीगंगा ६ र ७, सुन्दरहरैचा १ र विराटनगर १९ मा स्थानीय तहसँगको समन्वयमा वल्र्डभिजन इन्टरनेशनल र नारी विकास संघ विराटनगरले बालविवाह विरुद्धको अभियान सञ्चालन गरिएको छ ।

अभियान सञ्चालन भएपछि बाल विवाहको संख्या घट्दै गएको नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारीले बताउनुभयो । उहाँका अनुसार बालविवाह विरुद्धको अभियान सञ्चालनमा रहेका अन्यवडाहरु पनि बालविवाह मुक्त घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button