Tune to BFM 91.2|Biratnagar

मोरंगको सुन्दरहरैचामा प्रादेशिक सरुवा रोग अस्पताल निर्माण गरिने

विराटनगर, १९ माघ । प्रदेश १ मा सरुवा रोग अस्पताल निर्माण गरिने भएको छ । मोरङको सुन्दरहरैचा ११ मा निर्माण गरिने प्रादेशिक सरुवा रोग अस्पतालको आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले शिलान्यास गर्नुभयोे ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वामित्वमा रहेको १४ विगाहा जमिनमा सरुवा रोग अस्पताल निर्माण हुने भएको हो । काठमाण्डौं टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बराबरको उपचार दिने गरि प्रादेशिक अस्पताल निर्माण हुने सो क्षेत्रका प्रदेशसभा सदस्य राजकुमार ओझाले बताउनुभउो ।

अस्पताल निर्माणपछि प्रदेशबासीलाई धेरै सहज हुने उहाँले बताउनुभयो । सुविधा सम्पन्न प्रयोगशाला सहितको अस्पताल निर्माणपछि उपचारका लागि टेकु जानुपर्ने बाध्यताको अन्त्य हुने प्रदेशसभा सदस्य ओझाले बताउनुभयो । शिलान्यास पछि कामले गतिलिने उहाँले बताउनुभयो ।

सरुवा रोग रोकथाम, नियन्त्रण र उपचार एव स्वास्थ्य विपद् व्यवस्थापनको तयारी तथा प्रतिकार्य गर्न प्रयोगशाला परीक्षण सहितको न्युनतम ५० शैय्याको प्रदेश स्तरिय अत्याधुनिक सुविधा सम्पन्न सरुवा रोग अस्पताल ७ वटै प्रदेशमा स्थापना गर्ने आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रममा उल्लेख छ । सरुवारोग अस्पताल दुई बर्ष भित्रमा निर्माण सम्पन्न हुने मन्त्री ढकालले बताउनुभयो ।

अस्पताल निर्माणका लागि चालु आर्थिक बर्षमा १० करोड बजेट विनियोजन उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button