Tune to BFM 91.2|Biratnagar

मोरंगमा कुनैपनि सभा, सम्मेलन र उत्सव नगर्न सिडियो कार्यालयको अनुरोध

विराटनगर, २२ फागुन । कोरोना भाईरस( कोभिड १९) को विश्वव्यापी संक्रमणको फैलावटलाई दृष्टिगत गर्दै मोरंगमा कुनैपनि सभा सम्मेलन नगर्न जिल्ला प्रशासन कार्यालय मोरंगले अनुरोध गरेको छ ।

विश्वस्वास्थ्य संगठनबाट प्रवाहित सूचनालाई मध्यनजर गर्दै भाइरसबाट हुन सक्ने संक्रमण र फैलावटलाई दृष्टिगत गरि होली नखेल्न, भिडभाडमा नजान, उत्सव, मेला, सभा, सम्मेलन नगर्न र त्यस्ता कार्यक्रममा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । आज सूचना जारी गर्दै प्रशासनले सभा सम्मेलन र उत्सव नगर्न र उच्च सर्तकता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भुजेलले बताउनुभयो ।

संक्रमणको फैलावटलाई दृष्टिगत गर्दै यसअघि निर्धारण गरिएका कार्यक्रमहरु स्थगित गर्न शुरु गरिएको छ ।

प्रदेश प्रमुखको कार्यालयले आयोजना गरेको होली कार्यक्रम, जिल्ला सहकारी संघले आयोजना गरेको भेला, भानु कला केन्द्र विराटनगरले आयोजना गरेको प्रदेश १ स्तरिय लोकनृत्य कार्यक्रम स्थगित गरिएको छ । भट्टराई कुल बंश प्रतिष्ठान, दमक – ४ झापाले भोलीदेखी बोलाएको केन्द्रीय परिषद् बैठक पनि स्थगित गरेको छ ।

भोली र पर्सीका लागि आह्वान गरिएको बैठक स्थगित गरेको प्रतिष्ठानका सचिवालय सदस्य अग्नि भट्टराईले जानकारी दिनुभयो ।

सो बैठकमा भारतको आशाम, सिक्किम र बर्मासहित नेपालभरिबाट २ सय ५० जनाको सहभागिता हुने तयारी रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button