Tune to BFM 91.2|Biratnagar

मोरंगमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो

विराटनगर, २७ भदौ । मोरंगमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । प्रदेश १ मा आज सम्म ४७ जनाको मृत्यु भएको छ । मृत्यु हुने ३५ जना प्रदेश १ का हुन भने १२ जना प्रदेश २ का रहेका छन् ।

प्रदेश १ मा मोरंगमा सवैभन्दा बढी २७ जनाको मृत्यु भएको छ । विराटनगरमा १७, बुढीगंगामा ४, ग्रामथान, बेलबारी, पथरीशनिश्चरे, धनपालथान, रङ्गेली, सुनबर्षीमा १–१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगमा संक्रमितको संख्या २ हजार १९४ पुगेको छ । संक्रमित मध्ये ८३२ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार सुनसरीमा ६ र झापामा २ जनाको मृत्यु भएको छ । सुनसरीको धरानका ५, रामधुनीका १ र झापाको कमलगाउँपालिका र कनकाई नगरपालिकाका १–१ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button