मोरंगमा रष्ट्रिय जनता पार्टीको दुई वटा समिति

0
106

विराटनगर, ७ मंसिर । राष्ट्रिय जनता पार्टी नेपाल मोरङ जिल्ला कार्यसमितिमा दुई वटा समिति गठन भएको छ । पार्टीले अपनाएको चक्रिय प्रणाली अनुसार अध्यक्ष मण्डलको संयोजकको पद हस्तान्तरण नहुदा उत्पन भएको विवादले दुई वटा जिल्ला कार्यसमिति गठन भएको हो । मधेशी मोर्चा आवद्ध ६ पार्टी मिलेर बनेको राजपा मोरङंमा चक्रिय प्रणालीमा आलोपालोमा दुई दुई महिनामा संयोजक पद हस्तान्तरण हुदै आएको थियो । तर पछिल्लो समय संयोजक पद हस्तान्तरण नहुदा पार्टी दुई वटा जिल्ला कार्यसमिति चयन भएको हो । मोरङको अध्यक्ष मण्डलका सदस्यहरुले केन्द्रिय कमिटिले अपनाएको नीति अनुसार मोरङमा अध्यक्ष मण्डलका सदस्यहरुवीच आपसी तालमेल नमिल्दा उत्पन्न भएको विवादले मोहम्वत कादिर र लक्ष्मण साहको अध्यक्षतामा छुट्टा छुट्टै दुई वटा जिल्ला कार्यसमिति चयन भएको हो । दुवै जिल्ला कार्यसमतिले आधिकारीक भएको दावी गरेका छन् । कादिरले पत्रकार सम्मेलन गरेर आफुले केन्द्रिय कमिटिको निर्णय अनुसार चार जना मोरङ जिल्लाको अध्यक्ष मण्डलको समर्थनमा जिल्ला अध्यक्ष भएको दावी गर्नुभयो । उहाँले ५१ सदस्यीय मोरङ जिल्ला कार्यसमिति चयन गरेको सार्वजनिक गरेको हो । त्यस्तै अध्यक्ष मण्डलका सदस्य मालबावु सहनी र शंकर साह सहित पार्टीका केन्द्रिय महासचिव रामलाल सुतिहार, जगदिश अधिकारी , केन्द्रिय सदस्य राजेन्द्रप्रसाद गुप्ता, सत्यनारायण साह लगायतका केन्द्रिय नेताहरुको उपस्थितीमा राजपा मोरङको शापथ ग्रहण तथा पदस्थापना समारोहको आयोजना गरेर लक्ष्मण साहको अध्यक्षतामा अर्कोे जिल्ला कार्यसमितिको घोषणा गरेको छ । गत कात्तिक ३० गते जिल्ला भेला गरेर एकल नेतृत्वमा लगिने पार्टी नीति रहेपनि चक्रिय प्रणाली अनुसार केहि अध्यक्ष मण्डलको सदस्यको स्वार्थका कारण संयोजक पद हस्तान्तरण नगरेकाले जिल्ला भेला समेत दुई स्थानमा हुने तयारी भएको थियो । तर एक समुहले कादिरको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको थियो । दुवै समितिले ५१ सदस्य जिल्ला कार्यसमिति बनाएका हुन । जिल्ला स्तरमा विवाद मिल्न नसक्दा केन्द्रिय कमिटिले नै पत्राचार गरेर प्रत्येक दुई÷दुई महिनामा अध्यक्ष मण्डलका अध्यक्ष आलोपालोमा परिवर्तन गर्ने निति अपनाएकाले नीति अनुसार पद हस्तान्तरण निर्देशन दिएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here