Tune to BFM 91.2|Biratnagar

मोरंगमा १७ सहित प्रदेश १ मा ५६ संक्रमित थपिए, ५४ डिस्चार्ज

विराटनगर, १५ भदौ । प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६, मोरंगमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ६ महिला १४ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिला, मोरङको विराटनगरमा ५ महिला ६ पुरुष, लेटाङमा १ महिला ४ पुरुष र बुढीगंगामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संखुवासभाको खाँदबारीका १ महिला ८ पुरुष, झापाको कमलगाउँपालिकामा २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३६७ पुगेको छ ।

प्रदेश १ बाट आज ५४ जना डिस्चार्ज भएका छन् । वी.जेनरल आईसोलेसन केन्द्र, हरिनगर सुनसरीबाट ३२, इलाम अस्पताल आईसोलेसन केन्द्र, इलामबाट १८ र होम आईसोलेसनबाट ४ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हाल सम्म १ हजार ५८९ जना कोरोनामुक्त भएका छन् । प्रदेश १ मा आज १ हजार ३९२ जनाको कोरोना परीक्षण गरिएएको छ । परीक्षण गरिएका मध्ये १७ महिला र ३९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेश १ मा हाल सम्म ८८ हजार ९९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button