मोरंगमा २ सय ६५ वेडको क्वारेन्टाईन थप
विराटनगर, ५ जेठ । मोरङमा ६ सय ६७ वेडको क्वारेन्टाईन निर्माण गरिएको छ । यसअघि ४ सय २ वेडको क्वारेन्टाईन रहेकोमा हिजो २ सय ६५ वेड थप गरिएको छ ।
मोरङमा नेपाली सेनाको २ सय , विराटनगर १९ को घिनाघाट प्राथमिक स्वास्थ्य केन्द्र १३, दुर्गा मावि जहदामा ५, केराबारी प्राथमिक स्वास्थ्य केन्द्रमा ८, कर्शीया स्वास्थ्य चौकी धनपालमा १०, अमरदह प्राथमिक स्वास्थ्य केन्द्र सुनवर्षीमा १०, रंगेली अस्पतालमा ५, मधुग्राम आधारभुत विद्यालय बुढीगंगा ११, कालशक्ति गण केराबारी ८ र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा १ सय ३७ वेडको क्वारेन्टाईन निर्माण गरिएको मोरङ प्रहरीका प्रवक्ता मानहादुर राईले जानकारी दिनुभयो ।
मोरङमा क्वारेन्टाईनमा बस्नेको संख्या २ सय ७९ पुगेको छ । क्वारेन्टाईनमा रहेका २ सय १८ जना डिस्चार्ज भएका छन् । ४६ पुरुष र १५ महिला गरि ६१ जना अहिले क्वारेन्टाईनमा रहेका छन् । मोरङमा आईसोलेसन वेड ८० ओटा तयार गरिएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १९ र मंगलबारे अस्पतालमा १ जना गरि २० जना आईसोलेसनमा भर्ना भएका छन् ।