मोरंग प्रहरीद्धारा एकै दिन ४६ प्रतिवादी पक्राउ

0
122

विराटनगर, १० मंसिर । मोरङ प्रहरीले एकै दिन ४६ प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भएर पनि फरार रहेका प्रतिवादीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताउनु भयो । लुकिछिपी बसेको सूचनाका आधारमा परिचालित प्रहरीको विशेष टोलीले पक्राउ गरेर फरार प्रतिवादीलाई आज अदालतमा बुझाइएको उहाँको भनाइ छ । पक्राउ पर्नेमा चोरी, लागुऔषध, अंश चलन, सार्वजनिक अपराध, जुवा तथा लुटपिट लगायतका अपराधमा अदालतले दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला सुनाइएका प्रतिवादीहरु रहेका छन् । पक्राउ पर्ने अधिकांशलाई अदालतले विभिन्न समयमा दुई सय रुपैयाँ जरिवाना गरेको थियो । प्रतिवादीहरु पक्राउ गर्दा ६५ हजार रुपैयाँ जरिवाना र एक महिना कैद असुल भएको डीएसपी खिँउजुले बताउनु भयो । पक्राउ गरेर अदालत बुझाइएका अधिकांश जरिवाना रकम दाखिला गरेर छुटेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here