Tune to BFM 91.2|Biratnagar

मोरङका चार स्थानमा सहायता कक्ष

विराटनगर, २६ असोज । पछिल्लो समय कोरोना संक्रमणहुने क्रम बढिरहेको रहेको बेला चाडपर्व समेत नजिकएपछि जिल्ला प्रहरी कार्यालय मोरङले यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

दुर्घटना न्यूनीकरण तथा यात्रु सहजीकरणका लागि मोरङका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । प्रहरीले विराटनगर बसपार्क, विराटचौक, पथरीशनिश्चरेको पूर्व बस स्टेन र बेलबारीमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

यात्रुहरुलाई कुनै समस्या परेको खण्डमा यी चार स्थानमा रहेका सम्पर्क व्यक्तिमार्फत खबर गर्न सकिने सुविधा समेत रहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

क्षमता भन्दा बढी यात्रु राख्ने, दु्रत गतिमा सवारी साधन चलाउने, बढि भाडा लिने, चालक, सहचालक लगायत अन्य यात्रुहरूले मापसे गरेमा, कुनै पनि किसिमको दुब्र्यवहार, हिंसा गरेमा, कोभिड–१९ को प्रोटोकल मापदण्ड भन्दा बढि यात्रु राखेको खण्डमा यात्रुहरुले सम्पर्क गर्न सक्ने राईले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button