मोरङका ट्रिपरलाई टाईम कार्ड

0
168

विराटनगर, ११ चैत । बढ्दो सवारी दुर्घटनालाई न्युनीकरण गर्ने उद्देश्यका साथ प्रदेश १ मै पहिलो पटक आजेदेखि मोरङमा टिपरलाई टाईकार्ड लागू गरिएको छ । मोरङको बेलबारी १० भाउन्नेमा एक कार्यक्रमको आयोजना गरी टिपर चालकलाई टाईम कार्ड वितरण गरिएको प्रदेश१ ट्राफिक प्रहरी प्रहरी प्रमुख एसपी रविराज पौडेलले बताउनु भयो । उहाँका अनुसार टिपरमा जवान चालकहरु बढी रहेको,भत्ताको लोभमा तिब्र गतिमा टिपर चलाउने गरेको र मादक पदार्थ सेवनका कारण बढी दुर्घटना हुने गरेको पाइएपछि टाईकार्ड वितरण गरिएको हो । टाईम कार्ड लागू गरिपछि निर्धारित दूरीमा निर्धारित समयमा टिपर नचलाएर पहिलो पटक सम्झाउने र दोस्रो पटक कारवाही गरिने पौडेलले बताउनु भयो । यसअघि प्रदेश नम्बर १ ट्राफिक प्रहरीले बिहान २ घण्टा र बेलुका २ घण्टा टिपर सञ्चालनमा लगाएको रोक तत्कालका लागी यथावत रहने जनाइएको छ । सोही नियम अनुसार चल्न चालकहरुलाई निर्देशन दिइसकिएको एसपी पौडेलले बताउनु भयो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रमुख शिवकुमार पोख्रेलले टाईम कार्ड शुरु भएपछि चालकहरु सचेत हुने र दुर्घटनामा कमी आउने विश्वास ब्यत्त गर्नु भयो । पूर्वाञ्चल टिपर व्यवसायी महासंघका अध्यक्ष गोपाल कार्कीले टिपरका कारण मात्र दुर्घटना हुने नभएको भन्दै उहाँले टिपर मात्र बढी निशानामा पर्ने गरेको बताउनु भयो । उहाँले प्रहरी सँगको सल्लाह र सहकार्यमा नै टाईम कार्ड लागू भएको बताउनु भयो । अरुलाई मात्र दोष दिनुभन्दा आफैबाट किन सुरु नगर्ने भन्ने उद्धेश्यका साथ यो कार्यक्रम सुरु भएको कार्कीले बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here