Tune to BFM 91.2|Biratnagar

मोरङका तीन अस्पतालमा नौ सङ्क्रमितको मृत्यु

विराटनगर, ३१ वैशाख । मोरङका तीनवटा अस्पतालमा उपचाररत कोरोना भाइरस सङ्क्रमित नौ जनाको पछिल्लो १२ घण्टाभित्र मृत्यु भएको छ । दुई जनाको हिजोसाँझ र सात जनाको आज बिहान ज्यान गएको हो । विराटनगरको नोबेल शिक्षण अस्पतालमा चार, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन र मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तीन जना वृद्ध पुरुष र एक जना महिला छन् । नोबेल शिक्षण अस्पतालमा सुनसरीको धरान उपमहानगरपालिका–१ का ३८ वर्षीय पुरुषको मृत्यु भएको छ । नोबेलमै बिहान ६ः३० बजेतिर विराटनगर महानगरपालिका–१६ की ७४ वर्षीया वृद्धा महिलाको मृत्यु भएको छ । धनकुटा जोरपाटीका ५६ वर्षीय पुरुषको पनि बिहान ५ बजेतिर मृत्यु भएको छ । महोत्तरी घर भएका ७७ वर्षीय वृद्ध पुरुषको पनि नोबेलमै उपचारका क्रममा बिहान ५ः३० बजेतिर मृत्यु भएको छ । विराटनगर महानगरपालिका–११ मा बस्दै आएका ३८ वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बिहान १२ः३० बजेतिर मृत्यु भएको छ ।

कोसी कोभिडमै सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७९ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ । त्यस्तै मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । विराटनगर–६ का ६४ वर्षीय वृद्ध पुरुषको राति ८ बजेतिर विराटमै मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि वैशाख २० मा अस्पताल भर्ना गरिएका उनको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको जानकारी देवले दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button