Tune to BFM 91.2|Biratnagar

मोरङका दुई कोरोना संक्रमितको विराटनगरमा मृत्यु

विराटनगर, १ पुस । मोरङ स्थायी ठेगाना भएका कोरोना भाइरस संक्रमित दुई जनाको गय राति विराटनगरमा मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक घण्टाको फरकमा दुई संक्रमितको मृत्यु भएको हो ।

उपचारका क्रममा मोरङको सुन्दरहरैँचाका २२ वर्षीय पुरुष युवा र पथरीशनिश्चरेकी ७३ वर्षीया वृद्धा महिलाको ज्यान गएको उपचार केन्द्रले जनाएको छ । सुन्दरहरैँचा नगरपालिका–३ का पुरुषको राति ९ः५० बजेतिर मृत्यु भएको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिनु भयो । उहाँका अनुसार पीसीआर परीक्षण गराउँदा मंसिर २९ गते सोमबार रिपोर्ट पोजिटिभ आएपछि युवालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

अस्पताल भर्ना गरेर उपचार थालिएकोमा भोलिपल्ट युवाको मृत्यु भएको हो । त्यस्तै पथरीशनिश्चरे नगरपालिका–१ की वृद्धा महिलाको पनि राति ८ः५० बजेतिर मृत्यु भएको छ । डा. सिग्देलका अनुसार कोरोना पुष्टि भएपछि वृद्धालाई उपचारका लागि मंसिर २७ गते भर्ना गरिएको थियो ।

मृतकमा श्वास फेर्न गाह्र हुने, ज्वरो आउने, खोकी लाग्ने लगायतका समस्या रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button