Tune to BFM 91.2|Biratnagar

मोरङको ग्रामथानस्थित नहरमा मोटरसाइकलसहित मानिस खसेर बेपत्ता

विराटनगर, २० साउन । मानिससहित मोरङको ग्रामथानको एउटा नहरमा गय राति खसेको मोटरसाइकल फेला परेको छ । तर मोटरसाइकल चालक भने अहिलेसम्म पनि सम्पर्कविहीन छन् । मध्यरातमा गाउँपालिका–५ स्थित खद्रा नहरमा मोटरसाइकलसहित मानिस खसेर बेपत्ता भएको जानकारी स्थानीयले प्रहरीलाई दिएका थिए ।

स्थानीयका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा अनियन्त्रित भएर स ४ प ५३३८ नम्बरको मोटरसाइकलसहित एक व्यक्ति राति ११ बजेतिर पानी बगिरहेको नहरमा खसेका हुन् । स्थानीयले भने अनुुसार खोजी जारी राखेको भए पनि प्रहरीले चालकलाई फेला पार्न सकेको छैन । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मोटरसाइकल चालकको पहिचान पनि खुल्न बाँकी छ ।

तर खोजी गर्ने क्रममा मोटरसाइकल भने पानी बगिरहेकै नरहमा फेला परेको जानकारी उहाँले दिनु भयो । ‘नहर खसेर बेपत्ता भएको भनिएका मोटरसाइकल चालक को हुन्भन्ने बारेमा केही खुलेन । स्थानीय बासिन्दाको सहयोगमा खोजी तीव्र पारे पनि भेट्न सकिएको छैन,’ डीएसपी श्रेष्ठले भन्नु भयो, ‘नहरमा सबै पानी सुकाएर खोजी जारी राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button