मोरङको ग्रामथान १ बाल विवाहमुक्त वडा घोषणा

0
81

विराटनगर, ४ बैशाख । मोरङको ग्रामथान १ लाई बाल विवाहमुक्त वडा घोषणा गरिएको छ । वडा नंं. १ मोरङको पहिलो बाल विवाहमुक्त घोषित वडा बनेको छ । मोरंग क्षेत्र नंं. ४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले बाल विवाहमुक्त वडा घोषणा गर्नु भएको हो । बाल विवाह विरुद्धका विभिन्न अभियान तथा कार्यक्रमहरुका कारण बालविवाह गर्ने क्रम घट्दै गएको वडाध्यक्ष नमोनारायण माझीले बताउनुभयो । १४, १५ बर्षकै उमेरमा बढी विवाह गराउने गरेको भएतापनि त्यो क्रम घट्दै गएको वडाध्यक्ष माझीले कार्यक्रममा बताउनुभयो । उहाँका अनुसार २०७४ मा ५ वटा र २०७५ मा ४ वटा बालविवाह रोकीएको छ । बालविवाहमुक्त घोषणासँगै चाडै बालमैत्री घोषणा गर्ने रणनीति तय गरिसकीएको उहाँले बताउनुभयो । बालविवाहमुक्त घोषणा कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, प्रदेशसभा सदस्य विजय विश्वास, ग्रामथान गाउँपालिका उपप्रमुख फूलकुमारी चौधरी, नारी विकास संघकी अध्यक्ष सीता शर्मा, वल्र्ड भिजन इन्टरनेशलका फिल्ड अफिसर विनय अमात्य लगायतले बोल्नु भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here