Tune to BFM 91.2|Biratnagar

मोरङको बुढीगंगा गाउँपालिकामा नागरिक समाजको गठन

विराटनगर, ८ भदौ । मोरङको बुढीगंगा गाउँपालिकामा नागरिक समाजको गठन गरिएको छ । सोमबार सामाजिक अभियन्ता महिला नेतृ राधा आचर्यको संयोजकत्वमा ३१ सदस्यीय समिति गठन गरिएको हो ।

मोरङको बुढीगंगा गाउँपालिकाले आर्थिक मामिलामा गरेको अनियमिता, विकास निर्माणमा भएको आर्थिक चलखेल साथै कोरोनाको कहरमा गरेका गलत गतिविधिको विरोध गर्न बुढीगंगा गाउँपालिकामा नागरिक समाज गठन गरिएको संयोजक राधा आचर्यले बताउनुभयो ।

महिला नेतृ राधा आचार्यको संयोजकत्वमा गठित समितीमा सह–संयोजक किरण कुमार चौधरी, मोहम्मद हस्मुदिन, सचिव मीन कुमार नेपाल, सह–सचिव सुनिता कार्की, सदस्य दर्शन राज न्यौपाने, प्रशान्त शर्मा पौडेल, श्रवण रायमाझी लगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button