Tune to BFM 91.2|Biratnagar

मोरङको बेलबारीका तीन विद्यालयलाई प्रतिबन्ध

विराटनगर, २४ असार । मोरङको बेलबारी नगरपालिकाभित्र सञ्चालित ३ वटा विद्यालयलाई सञ्चालनमा नगरपालिकाले प्रतिबन्ध लगाएको छ ।

नेपाल सरकार तथा स्थानीय सरकारका कुनै पनि नियमनकारी निकायबाट अनुमति नलिई सञ्चालन गरेको विद्यालयलाई नगरपालिकाले प्रतिबन्ध लगाएको हो ।

नगरपालिकाले बेलबारी वडा नम्बर ८ को श्री अन्नपूर्ण हिमाल अङ्ग्रेजी बोर्डिङ स्कुल, वडा नम्बर ९ बाहुनीस्थित श्री ज्ञानज्योति बोर्डिङ स्कुल र वडा नम्बर १० स्थित श्री डाँगीहाट क्रिष्टल एकेडेमीलाई कक्षा सञ्चालनमा प्रतिबन्ध गरेको छ ।

बेलबारी नगरपालिका नगर शिक्षा समितिको बैठकको निर्णयअनुसार अनुमति नलिई सञ्चालन भएको विद्यालयका सबै कक्षाहरू बन्द गरिएको र सम्बन्धित विद्यालयलाई सार्वजनिक स्थानमा बन्द भएको सूचना टाँस गरी प्रमाण पेश गर्नसमेत निर्देशन दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button