मोरङको बेलबारीमा खोर्सानी होम सम्पन्न

0
167

विराटनगर, १ वैशाख । मोरङको बेलबारीमा एक सय बढी किलो खोर्सानीको आहुतीदिंदै खोर्सानी होम सम्पन्न भएको छ । बेलबारी ६ को सोमबारे, जीतपुरमा विगतका बर्षहरु जस्तै यसबर्षपनि चर्चित खोर्सानी होम सम्पन्न भएको छ । सो ठांउमा रहेको याशोक्यानी भगवती मन्दिर परिसरमा साधक गोपाल कोइरालाले विगत १४ बर्षदेखि खोर्सानीबाट हवन गर्दै आउनुभएको छ । चैते दसैं अवधिभरि विभिन्न धार्मिक अनुष्ठानको आयोजना गर्दै समापनकादिन खोर्सानी हवन गर्ने गरिन्छ । दनदनी बलेको कुण्डमा सयौं किलो खोर्सानीबाट हवनगर्दा समेत खार नआउने बिशेषता भएका कारण नेपाल सहित भारतका विभिन्न क्षेत्रका श्रद्धालु हवनबाट धार्मिक लाभ लिन मोरङको सोमबारे पुग्ने गरेका छन । यसपटक समेत सो ठांउमा एकसय किलो बढी खोर्सानीबाट हवन गरिएको छ । सयौं किलो खोर्सानीबाट हवन गरिरंहदा हवनकुण्डको आसपास उभिएर प्रत्यक्ष हवन हेरिरहेको कसैलाईपनि खोर्सानी डढाउदा उत्पन्न हुने खारको अनुभुती भएन । राष्ट्र शान्ति र समृद्धिको कामनासहित महायज्ञ र हवनको आयोजना गरिएको साधक गोपालप्रसाद कोइरालाले बताउनुभयो । खेर्सानी डढाउदा समेत खार नआउने र मन्दिरमा गरेको भाकल पुरा हुने विश्वास बढेपछि बार्षिकरुपमा आयोजना हुने सो अनुष्ठान हेर्न भारतबाट उल्लेख्य संख्यामा धार्मिक पर्यटन आउने गरेका छन । हवन अवलोकनगर्न प्रदेश एकका आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की,प्रदेश सभा सदस्य केदार कार्की, नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला, प्रदेश एक प्रहरी प्रमुख केदार रिजाल लगायतका विशिष्ठ ब्यक्ति सहित देशविदेशबाट आएका श्रद्धालुको उपस्थिति थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here