Tune to BFM 91.2|Biratnagar

मोरङको रंगेलीबाट तास खेल्ने ९ जना पक्राउ

विराटनगर, १९ कात्तिक । मोरङको रंगेली नगरपालिका-७ बाट तास खेल्दै गरेको अवस्थामा गय राति नौ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काको नेतृत्वमा रहेको टोलीले राति ११ः३० बजेतिर उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रंगेली-४ का २९ वर्षीय विकासकुमार मण्डल, ३५ वर्षीय कमलदेव साह, धिरेन साह, १९ वर्षीय भोलेलाल मण्डल, रंगेली-७ का ६५ वर्षीय श्रीप्रसाद मुखिया, ३५ वर्षीय लक्षु महतो, ३७ वर्षीय झम्सी यादव, रंगेली-६ का १९ वर्षीय दीपक मण्डल र २० वर्षीय चन्दन मण्डल रहेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार लक्षु महतोले सञ्चालन गरेको च्याउ उत्पादन गर्ने घरभित्र तास खेलिरहेको अवस्थामा सबै जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरुको साथबाट ५५ हजार नौ सय नेपाली र एक हजार आठ सय ५० भारतीय रुपैयाँ बरामद भएको जानकारी राईले दिनु भयो ।

उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गत कारबाही अघि बढाउन अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button