Tune to BFM 91.2|Biratnagar

मोरङको रंगेलीमा चट्याङले युवाको मृत्यु, जहदामा श्रीमान–श्रीमती घाइते

विराटनगर, २६ वैशाख । हावाहुरी र वर्षासँगै परेको चट्याङले मोरङको रंगेलीमा एक युवाको मृत्यु भएको छ । जहदामा एकै परिवारका श्रीमान र श्रीमती घाइते भएका छन् । आज बिहान पौने ९ बजेतिर परेको चट्याङले लागेर रंगेली नगरपालिका–१ का ३० वर्षीय प्रवीन माझीको मृत्यु भएको हो ।

बारीमा काम गरिरहेका बेला परेको चट्याङले लागेर गम्भीर घाइते भएका माझीलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । त्यस्तै जहदा गाउँपालिका–६ पोखरीयामा चट्याङले लागेर श्रीमान–श्रीमती घाइते भएका छन् ।

बिहान ९ बजेतिर परेको चट्याङले लागेर ४५ वर्षीय मुक्तर मिया अन्सारी र उनकी श्रीमती जननारा खातुन घाइते भएको प्रहरीले जनाएको छ । घरमा बसिरहेका बेला दुवै जनालाई चट्याङले लागेको थियो । घाइतेको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको एसपी श्रेष्ठले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button