Tune to BFM 91.2|Biratnagar

मोरङको रंगेलीमा पुजाको प्रसाद खाँदा तीन दर्जनबढी विरामी

विराटनगर, १७ कात्तिक । मोरङको रंगेलीमा पुजाको प्रसाद खाँदा तीन दर्जनबढी विरामी भएका छन् । रंगेली नगरपालिका ७ का पिन्टुु दत्तकोे घरमा पुजाको प्रसाद खाँदा ४० जना भन्दा बढी संख्यामा स्थानीय बिरामी परेका हुन् ।

कोजाग्रत पूर्णिमाको दिन बङ्गालि समुदायले लक्ष्मी पुजा गर्ने र त्यसदिन जागरम बस्ने प्रचलन छ । सोहि क्रममा कार्तिक १५ गते शनिबार राति पिन्टुको घरमा लक्ष्मी पुजा गरेर उनिहरुले आफन्त तथा ईष्मित्रहरु लाई प्रसाद ग्रहणका लागि निमन्त्रणा गरिएको थियो । भेला जम्मा भएर पुजा सकाएपछि खाएको प्रसादले एकै पटक ४० जना भन्दा बढीको स्वास्थ्यमा समस्या भएको हो । बिरामी पर्नेहरुमा झाडापखालाको समस्या देखिएको थियो ।

समस्या भएपछि उनीहरुले रंगेली अस्पतालमा उपचार गराईरहेका छन् , रंगेली अस्पतालका मेडिकल अधिकृत स्वेता मण्डलका अनुसार गएरातिदेखि अस्पतालमा झाडापखाला हुने, बान्ता आउने, ज्वरो आउने, पेट दुख्ने बिरामीहरु आएको र उनीहरुले एउटै घरमा पूजाको प्रसाद खाएको पाइएको छ ।

मेडिकल अधिकृत मण्डलका अनुसार पूजामा खाना राम्रोसँग नपाकेको, पानी सफा नभएको र बजारबाट खरिद गरेर ल्याएको हरियो साग सब्जिमा किटनाशक औषधी प्रयोग भएको हुनसक्ने कारणले समेत यस्तो समस्या आउने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button