Tune to BFM 91.2|Biratnagar

मोरङको रतुवामाई नगरपालिका ‘सिल’

विराटनगर, २१ साउन । तीव्र रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै मोरङको रतुवामाई नगरपालिका १० दिनका लागि पूर्ण रुपमा ‘सिल’ गरिएको छ ।

रंगेलीस्थित रक्तसञ्चार केन्द्रमा काम गर्ने रतुवामाई घर भएका कर्मचारीमा कारोना देखिएपछि गयराति १२ बजेबाट लागू हुने गरी पूरै नगर क्षेत्र ‘सिल’ गर्नु परेको मेयर रविन राईले बताउनु भयो । समुदायमा कोरोना भाइरसको जोखिम बढेको पनि उहाँको भनाइ छ ।

नगरपालिकाले नगरका सबै वडा कार्यालयहरु, संघसंस्था, सहकारी, बैंक तथा वित्तिय संस्थाहरु सबै बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरस समुदायमा फैलन नदिन अत्यावश्यक बाहेक नगरभित्र सम्पर्ण यातायात सेवा र सर्वसाधारणको आवतजावत पनि बन्द गरिने मेयर राईको भनाइ छ ।

नगर क्षेत्रभित्रका जोखिमयुक्त ठाउँहरुको पहिचान गरेर १५ जनाको स्वाब संकलन गर्दै पीसीआर परीक्षण पनि गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button