Tune to BFM 91.2|Biratnagar

मोरङको सुन्दरहरैँचाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

विराटनगर, ३ चैत । प्रहरीले मोरङको सुन्दरहरैँचाबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित दुई जनालाई गय राति नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ४१ वर्षीय पदमबहादुर तामाङ र बराहक्षेत्र नगरपालिका–५ का ३३ वर्षीय रामकुमार चौधरी रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले दुई ग्राम खैरो हेरोइन बरामद गरेको छ । दुवै जना पूर्वतर्फ जाँदै गरेको को २७ प ६६९२ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला प्रहरीको फन्दामा परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी विपिन रेग्मीले बताउनु भयो ।

मोटरसाइकलसहित नियन्त्रणमा लिइएका उनीहरुविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन आज म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button