मोरङको सुन्दरहरैंचाको सुवर्ण फर्मास्टिकल सञ्चालन गर्न माग

विराटनगर, २८ असार । मोरङको सुन्दरहरैंचा–११ बेलेपुरस्थित सुवर्ण फर्मास्टिकल सञ्चालन गर्न माग गर्दै स्थानीयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको ध्यानाकर्षण गराएका छन् ।

करोडौँको लगानीमा निर्माण भएको संरचनाको हेरचाह नहुँदा जीर्ण बन्दै गएकाले केही ठाउँमा भत्कनसमेत सुरु गरेकोे थियो । स्थानीयबाट पनि औषधि कारखाना सञ्चालन हुनुपर्ने दवाव आएसँगै प्रदेश सांसद राजकुमार ओझाको नेतृत्वको नेकपाको टोलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण बुझ्दै उपकुलपति गिरीले ९ महिनादेखि एक वर्षभित्र उत्पादन सुरु गर्ने गरी तयारी गरिरहेको बताउनुभयो । २०५७ सालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन प्रमुख शेखर कोइरालाले उद्घाटन गरेको २ सय ४० कोठाको भवन अहिले अलपत्र अवस्थामा छ ।

सुवर्ण फर्मास्टिकलले पेनसिलिन र ट्याब्लेट औषधी बनाउन भनेर भवन बनाएको थियो । उपकुलपति गिरीलाई ध्यानाकर्षण बुझाउन प्रदेश सांसद ओझाको नेतृत्वमा नेकपा मोरङ सचिवालय सदस्य एवम् सुन्दरहरैंचा नगरपालिकाका इन्चार्ज नवराज चापागाईं, सुन्दरहरैचा नगर अध्यक्ष केदार गुरागाईलगायत जानु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button