Tune to BFM 91.2|Biratnagar

मोरङको सुन्दरहरैंचाबाट गोरु काट्ने पक्राउ

विराटनगर, ११ साउन । मोरङको सन्दरहरैंचा नगरपालिका–९ बाट प्रहरीले गोरु काटेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

गोरु काटेर मासु बेच्दै गरेको अवस्थामा २५ वर्षीय सुमन दनुवारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताउनु भयो । दनुवार त्रिवेणी टोलबाट हिजोसाँझ पक्राउ परेका हुन् ।

घटनास्थलबाट बरामद भएका गोरुको टाउको र खुट्टा परीक्षणका लागि पठाउने तयारी प्रहरीले गरेको छ । पक्राउ परेका दनुवारविरुद्ध पशुपक्षी सम्बन्धी कसूरमा कारबाही अघि बढाउन आइतबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइने ढकालले बताउनु भयो ।

उहाँले गोरु काटेको घटनामा अरुको पनि संलग्नता रहेको हुुन सक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो पारिएको जनाउनुु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button