Tune to BFM 91.2|Biratnagar

मोरङको सुन्दरहरैंचामा भारतीय भेटिए

विराटनगर, ११ वैशाख । मोरङको सुन्दरहरैंचामा लुकीछिपी बस्दै आएका तीनजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर पूर्वाञ्चल विश्वविद्यालयस्थित शिक्षण अस्पतालको क्वारेन्टाइनमा लगिएको छ ।

सुन्दरहरैंचा–९ मा कवाडीको काम गर्दै आएका व्यक्तिहरुसँग ३ जना अपरिचित व्यक्ति केहि दिनदेखि लुकिछिपि बस्दै आएको थाहा पाएका स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी र नगरपालिकाको पहलमा आवश्यक चेकजाँचका लागि पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँस्थित शिक्षण अस्पतालको क्वारेन्टाइनमा लगिएको हो ।

उनीहरु सबै भारतको बंगालका मुस्लिम समुदायका हुन् । उनीहरु काठमाडौंको बालाजु क्षेत्रमा गुडिया लगायतका सामान विक्रि गर्दै आएको र केही दिनअघि मात्र लुकिछिपी सुन्दरहरैैंचा आइपुगेको पाइएको सशस्त्र प्रहरी सलकपुरका प्रहरी निरीक्षक विदुर भट्टराईले जानकारी दिनुभयो ।

यसरी नियन्त्रणमा लिइएकाहरुमा भारतको बंगालका ३८ वर्षीय साइदुल विश्वास, ४० वर्षीय बच्चु शेख र ४० वर्षीय आशिष खान रहेको उहाँले जानकारी दिनुभयो । शिक्षण अस्पतालका डाइरेक्टर विपेश आचार्यले तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेकाले नगरपालिकासँग समन्वय गरेर उनीहरुलाई कहाँ पठाउने भन्ने विषयमा निर्णय लिइने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button