Tune to BFM 91.2|Biratnagar

मोरङमा अपराधिक घटनामा कमि

विराटनगर, ७ असार । आर्थिक वर्ष २०७६/०७७ को हालसम्म आघिल्लो आर्थिक वर्षको तुलनामा मोरङमा समग्र अपराधिक घटनामा १६ प्रतिशले कमि आएको छ ।

गत आर्थिक वर्षमा एक हजार छ सय ९४ वटा मुद्धा दर्ता गरेको मोरङ प्रहरीले चालु आर्थिक वर्षको हालसम्म एक हजार चार सय १७ वटा मुद्धा दर्ता गरेको छ । एसपी विश्व अधिकारीको कार्यकालमा मोरङमा अपराधिक घटना कम भएका हुन् ।

चालु आर्थिक वर्षमा मोरङमा अभद्र व्यवहारमा चार सय ४० मुद्धा दर्ता भएकोमा अघिल्लो आर्थिक वर्षको हालसम्म छ सय ५५ वटा मुद्दा दर्ता भएका थिए । यस वर्ष बलात्कारका ९७ र बलात्कार प्रयासका ४४ घटना भएको मोरङ प्रहरी प्रमुख एसपी अधिकारीले बताउनु भयो ।

उहाँकाअनुसार अघिल्लो आर्थिक वर्षमा बलात्कारका ९७ वटा र बलात्कार प्रयासका ५४ वटा घटना भएका थिए । अघिल्लो आर्थिक वर्षमा एक सय ८९ जनाले आत्महत्या गरेकोमा यस वर्ष यो संख्या बढेर दुई सय १३ पुगेको छ । लागुऔषध सम्बन्धी एक सय ६५ मुद्दा अघिल्लो वर्ष चलाएको प्रहरीले यस वर्ष एक सय ७३ मुद्दा चलाएको छ ।

अघिकारीकाअनुसार अघिल्लो वर्ष १६ वटा हत्याका घटना भएकोमा यस वर्ष १७ वटा भएका छन् । यस वर्षको हालसम्म विभिन्न अपराधिक घटनामा संलग्न एक हजार दुई सय ५९ पुरुष र ९१ जना महिलालाई पक्राउ गरेर मुद्दा चलाइएको जानकारी अधिकारीले दिनु भयो ।

उहाँले प्रहरी सक्रियता, विभिन्न अभियान, नागरिक–प्रहरी सम्बन्ध सुधारका लागि गरिएका सचेतनामुलक एवं नागरिक मैत्री कार्यक्रमका कारण अपराधिक घटनामा कमि आएको जानकारी दिनु भयो ।

नागरिक–प्रहरी सम्बन्ध सुधारकै कारण समाजमा भएका अपराधिक घटनाको अनुसन्धानमा प्रहरीलाई सफलता पनि मिलेको उहाँको भनाइ छ ।यसैबिच अदालतबाट दोषी ठहर भई कैद तथा जरिवानाको फैसला सुनाइए पनि फरार रहेका प्रतिवादी पक्राउमा एक वर्षको अवधिमा मोरङ प्रहरीले ठूलो सफलता हात पारेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले चालु आर्थिक वर्षको हालसम्म मुलुकका अन्य जिल्लामा भन्दा मोरङमा धेरै प्रतिवादी पक्राउ गर्न प्रहरी सफल भएको जानकारी दिनु भयो । उहाँकाअनुसार मुलुकभर हालसम्म दुई सय २३ प्रतिवादी पक्राउ परेका छन् । मोरङमा मात्रै चार सय ४९ जना पक्राउ परेको उहाँको भनाइ छ ।

अधिकारीकाअनुसार ७७ जिल्लाको कूल पक्राउ संख्याको तुलनामा मोरङको पक्राउ संख्या २२ दशमलव १९५ प्रतिशत हो ।

फरार प्रतिवादीलाई पक्राउ गरेर एक सय १२ वर्ष दुई महिना १६ दिन कैद र ४१ लाख ७८ हजार नौ सय ९६ रुपैयाँ जरिवाना असुल गरिएको अधिकारीले हिजो पत्रकार सम्मेलन गरेर जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button