Tune to BFM 91.2|Biratnagar

मोरङमा असार १४ सम्मलाई निषेध आदेश

विराटनगर ७ असार । जिल्ला प्रशासन कार्यालय मोरङले निषेध आदेश असार १४ सम्मका लागि थप गरेको छ। एक साताका लागि जिल्लाभर निषेध आदेश थप गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिनुभयो । यसअघि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले असार ७ गते राति १२ बजेसम्म निषेध आदेश लम्ब्याउने निर्णय गरेको थियो।

निषेध आदेशको समयसीमा आज राति १२ बजे सकिने भएकोले प्रमुख जिल्ला अधिकारी निरौलाले आज आठौंपटक निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गर्नुभएको हो ।असार १ गतेबाट शैक्षिकशत्र सुरु भएकाले भौतिक दूरी कायम गरी पुस्तक पसल बिहान १२ बजेसम्म खोल्न पाउने निर्णय गरिएको प्रजिअ निरौलाले बताउनुभयो ।

मोरङ प्रशासनले सरकारले हालै जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेध आदेश थप कडाइ गर्ने जनाएको छ। कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएपछि मोरङ प्रशासनले पहिलोपटक वैशाख १८ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button