Tune to BFM 91.2|Biratnagar

मोरङमा एक जनाको आरडिटी पोजेटिभ

विराटनगर, ५ बैशाख । र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) मा मोरङको बुढिगंगाकी एक युवतिमा पनि कोरोना भाइरसको एण्टीबडी पोजेटिभ देखिएको छ ।

भारतको बैङ्लोरबाट एक महिना अगाडि घर आएकी युवतिकोे हिजो आरडिटी गर्दा पोजेटिभ देखिएको हो । बुढिगंगा–१ यादव टोल बस्ने उहाँको सामुदायिक स्वास्थ्य केन्द्रमा गरिएको आरडीटी परीक्षणका क्रममा एण्टीबडी पोजेटिभ भेटिएको गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत डम्बरुबल्लब बरालले जानकारी दिनुभयो ।

उनी अध्ययनको लागि बैंगलोरमा बस्दै आएको बताइएको छ । स्नातक तहमा अध्ययन गर्ने उनी कोरोनाको जोखिम बढेपछि सरकारले लकडाउन घोषणा गरेकै दिन उनी घर फर्किएको स्थानीयले जानकारी दिएका छन् । ती युवतीको थप परीक्षणपछि मात्र कोरोना भए नभएको यकिन हुने छ । उनको स्वाब कोसी अस्पतालमा पिसिआर बिधिबाट परीक्षण गरिएको छ ।

रिपोर्ट आउन बाँकी छ । उनीसँगै आएकी अर्की युवतिको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको छ । प्रदेश १ मा यसअघि बुधबार झापाको हल्दिबारीका युवकको आरडिटी परीक्षणमा पोजेटिभ देखिएको थियो । हिजो उनको स्वाव कोशी अस्पतालमा पिसिआर प्रबिधिबाट परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।

आरडीटीमा पोजिटिभ हुनेबित्तिकै स्वाब परीक्षणको परिणाम पनि पोजिटिभ नहुने यसअघि देखिसकेको छ । चिकित्सकहरुका अनुसार पहिले कोरोनाको संक्रमण भएको र रोग प्रतिरोध क्षमताको कारण त्यसलाई परास्त गरेकाहरुको रगत परीक्षणमा आरडिटी पोजेटिभ देखिन्छ ।

पछिल्लो पटक र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा कैलालीकी एक महिलाको नेगेटिभ रिपोर्ट आएकोमा पिसिआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । मंगलबार सप्तरीसहित विभिन्न जिल्लाका ६ जनामा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएकोमा पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button