On Air BFM 91.2|Biratnagar

मोरङमा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा

विराटनगर, १ जेठ । स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणामअनुसार मोरङमा नेपाली कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

मोरङमा विराटनगर महानगरपालिकासहित १७ वटा स्थानीय तह छन् ।

१७ वटै पालिकाको मतगणना सुरु भइसकेको छ । तर नेपाली कांग्रेसको विरोधका कारण रंगेली नगरपालिकामा भने गय राति ८ः३० बजेदेखि मतगणना अवरुद्ध बनेको छ ।

सत्तारुढ दलबीच गठबन्धन भएका ठाउँमा कांग्रेस मजवुत देखिएको छ । नेकपा (माओवादी केन्द्र) भने प्रतिस्पर्धामा आउन सकेको देखिँदैन । गठबन्धन नभएको ठाउँमा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेस नौवटा र एमाले आठवटा पालिकामा अगाडि छन् । नेपाली कांग्रेसले विराटनगर महानगरपालिका, सुन्दरहरैँचा, सुनवर्षी, रतुवामाई नगरपालिका तथा बूढीगंगा, ग्रामथान, जहदा, कटहरी र मिक्लाजुङ गाउँपालिकामा कांग्रेस अगाडि छ । त्यस्तै उर्लाबारी, लेटाङ, बेलबारी, पथरीशनिश्चरे, रंगेली नगरपालिका तथा धनपालथान, कानेपोखरी र केराबारी गाउँपालिकामा एमाले अगाडि छ ।

Leave a Reply

Your email address will not be published.

Call Now Button