Tune to BFM 91.2|Biratnagar

मोरङमा कार्यरत ट्राफिक जवानलाई शौर्य पदक

विराटनगर, २१ असोज । मोरङको मधुमल्लास्थित ट्राफिक प्रहरी पोस्टमा कार्यरत प्रहरी जवान राजकुमार गौतम शौर्य पदकबाट विभूषित हुनु भएको छ । नेपालमा अमनचयन कायम गर्ने र अपराध नियन्त्रण गर्ने शिलशिलामा विशेष बहादुरीका साथ महत्वपूर्ण काम गर्ने प्रहरी जवान एवम् अधिकृतलाई यो पदक प्रदान गरिन्छ ।

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदकको घोषणा गर्नु भएको थियो । राष्ट्रपतिको घोषणा अनुसार प्रहरी प्रधान कार्यालयले विशेष कार्यक्रमको आयोजना गरेर ट्राफिक प्रहरी जवान गौतमलाई विभूषित गरेको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गौतमलाई हिजो पदक र सम्मान पत्र प्रदान गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button