Tune to BFM 91.2|Biratnagar

मोरङमा चारजना कोरोना संक्रमितको मृत्यु

विराटनगर, १७ कात्तिक । मोरङमा कोरोना भाइरस संक्रमित चार जना पुरुषको आज बिहान मृत्यु भएको छ । दुईजनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र एक जनाको उर्लाबारीस्थित होम आइसोलेसनमा मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका-६ का ८३ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भयो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार वृद्धको मृत्यु बिहान ९ः४० बजेतिर भएको हो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कात्तिक १२ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो अर्का कोरोना भाइरस संक्रमित पुरुषको उपचारका न्युरो अस्पतालमा मृत्यु भएको छ । ५३ वर्षीय पुरुषको बिहान ८ः५० बजेतिर मृत्यु भएको हो ।

अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार स्वाबको पीसीआर परीक्षण गराउँदा कात्तिक ६ गते रिपोर्ट पोजेटिभ आएका पुरुषलाई होम आइसोलेसनमै राखिएको थियो । स्वास्थ्यमा समस्या थपिएपछि थप उपचारका लागि न्युरोको कोभिड अस्पतालको आइसोलेसनमा कात्तिक १५ गते भर्ना गरिएको थियोे । त्यस्तै मोरङको उर्लाबारी नगरपालिका-६ का ५४ वर्षीय संक्रमित पुरुषको पनि नोबेलमै मृत्यु भएको छ ।

दाहालका अनुसार बिहान ९ः३० बजेतिर उनको मृत्यु भएको हो । कात्तिक ४ गते कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो । यसैबीच उर्लाबारी नगरपालिका-७ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको घरमै मृत्यु भएको छ ।

पीसीआर परीक्षण गराउँदा कात्तिक ६ गते रिपोर्ट पोजेटिभ आएपछि उनलाई होम आइसोलेसनमै राखिएको थियो । स्वास्थ्यमा समस्या थपिँदै गए पनि उपचारका लागि अस्पताल लैजान नपाउँदै पुरुषको मृत्यु भएको वडा अध्यक्ष वीरवल थापाले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button