Tune to BFM 91.2|Biratnagar

मोरङमा थप सात संक्रमितको मृत्यु

विराटनगर, १ जेठ । मोरङका विभिन्न अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित सात जनाको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा एक, विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा तीन÷तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

उनीहरुको मृत्यु हिजोसाँझदेखि आज बिहानसम्ममा भएको हो । नोबेलमा विराटनगर महानगरपालिका–१ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उपचारकै क्रममा उनको बिहान ५ः२५ बजेतिर मृत्यु भएको हो । विराटनगर–८ का ६४ वर्षीय वृद्ध पुरुषको गय राति १०ः१५ बजेतिर नोबेलमै मृत्यु भएको छ । भेन्टिलेटरमा उपचार भइरहेको अवस्थामा वृद्धको मृत्यु भएको उहाँले बताउनु भयो । कोरोना संक्रमित विराटनगर–५ की ५२ वर्षीया महिलाको पनि नोबेलमै उपचारका क्रममा ज्यान गएको छ ।

उनको बिहानका राति १२ः४५ बजेतिर मृत्यु भएको जानकारी दाहालले दिनु भयो । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक महिलासहित तीन संक्रमितको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–७ की ५८ वर्षीया महिलाको आज बिहान २ बजेतिर मृत्यु भएको छ । केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार कोरोना पुष्टि भएकी मृतकमा उच्च रक्तचापको पुरानै समस्या रहेको थियो। विराटनगर–१० का ७७ वर्षीय वृद्ध पुरुषको पनि कोसीमै गय राति मृत्यु भएको छ ।त्यस्तै विराटनगर–९ का ६७ वर्षीय वृद्ध पुरुषको पनि राति नै उपचारका क्रममा कोसीमा मृत्यु भएको छ ।

विराट शिक्षण अस्पतालमा सप्तरी घर भएका कोरोना संक्रमित ५३ वर्षीय पुरुषको हिजो साँझ मृत्यु भएको छ । विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवका अनुसार गम्भीर रहेका पुरुषको उपचारका क्रममा साँझ ६ः१५ बजेतिर मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button