Tune to BFM 91.2|Biratnagar

मोरङमा भएको आगलागिमा ७० लाखको क्षति

विराटनगर ३० कार्तिक । मोरङका अलग अलग स्थानमा भएका आगलागिमा ७० लाख बढीको क्षति भएको छ । गएराती विराटनगर १० ट्राफिक चोकमा दिनेश अग्रवालको फेन्सी पसलमा आगलागी ६० लाख बढीको क्षति भएको छ । फेन्सी कपडा, फर्निचरको सामान जलेर नष्ट हुँदा ६० लाख बराबरको सामान जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

यस्तै गएराती नै विराटनगर ९ बसपार्कमा सिरक डसना बनाउने घरमा आगलागी ८ लाख बराबरको क्षति भएको छ । उता मोरङको बेलबारी ३ की मल्लिकको कोठामा आईतबार विहान आगलागी हुँदा १ लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट कोठा भित्र रहेको फर्निचर, टिभी, फ्रिज लगायतका सामाग्री जलेर नष्ट भएको छ । उता विराटनगर ४ राजबंशी चौक की कमला कोईरालाको बास र टिनको छानो भएको बाख्राको खोर जलेर पूर्ण रुपमा क्षती भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनुभयो ।

डिएसपी राईले मैनवत्ती तथा दियोबाली लापरवाहीपूर्वक छाडिएको अवस्थामा आगलागी भएको पाईएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button