Tune to BFM 91.2|Biratnagar

मोरङमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर, ७ असार । मोरङमा भएको दुर्घटनामा परेर कांग्रेस धनकुटाका सचिवसहित दुई जनाको गय राति मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गमा पर्ने सुन्दरहरैँचा नगरपालिका–९ विराटचोकमा भएको दुर्घटनामा एक जना बैंकका कर्मचारीको पनि मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको टिपरका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।

पूर्वतर्फ गइरहेको टिपरबाट छलिन खोज्न विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल पल्टिएपछि त्यसमा अर्को मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । टिपरबाट जोगिन खोज्दा को २९ प ९५५० नम्बरको मोटरसाइकल सडकमा पल्टिएको थियो । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले साँझ ७ः४० बजेतिर सडकमा पल्टिएको मोटरसाइकलमा टिपरको पछाडि रहेको अर्को को ३६ प ५९७९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको जानकारी दिनु भयो । उहाँका अनुसार पछाडि रहेको मोटरसाइकल टिपरलाई ओभरटेक गरेर अगाडि बढ्न खोज्दा सडकमा पल्टिएको अर्को मोटरसाइकलसँग जुधेको हो ।

दुर्घटनामा परेर दुवै मोटरसाइकलमा सवार तीन जना घाइते भएका थिए । घाइतेमध्ये दुई जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ९ः३० बजेतिर मृत्यु भएको हो । गम्भीर अवस्थाका अर्का घाइतेको उपचार जारी छ । दुर्घटनामा परेर को ३६ प ५९७९ नम्बरको मोटरसाइकलका चालक नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव धनकुटाको पाख्रीबास नगरपालिका–७ का ४६ वर्षीय कृष्णबहादुर थापाको मृत्यु भएको शर्माले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button