Tune to BFM 91.2|Biratnagar

मोरङमा मंसिर १७ देखि मतदाता नामावली संकलन गरिने

विराटनगर, १२ मंसिर । मोरङमा मंसिर १७ गतेदेखि फोटो सहितको मतदाता नामावली संकलन गरिने भएको छ । १४ वटा स्थानीय तहका पालिका केन्द्रहरुमा २ चरणमा फोटो सहितको मतदाता नामावली संकलन गरिने प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख लेवनकश्पय अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा आज मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ सम्वन्धि सरोकारवालावीचको अन्र्तक्रिया कार्यक्रममा प्रमुख अधिकारीले सो जानकारी दिनु भएको हो । मंसिर १७ देखि पुस २ गते सम्म पथरीशनिश्चरे, सुनबर्षी, सुन्दरहरैचा, बेलबारी, कटहरी, बुढीगंगा र मिक्लाजुङमा र पुस ४ गतेदेखि पुस १८ गते सम्म लेटाङ, रतुवामाई, जहदा, ग्रामथान, धनपालथान, केराबारी र कानेपोखरीमा फोटो सहितको मतदाता नामावली संकलन गरिने कार्यक्रम रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो । उहाँका अनुसार १४ वटा स्थानीय तह बाहेक विराटनगर, रंगेली र उर्लाबारी नगरपालिकाहरुको हकमा जिल्ला प्रशासन कार्यालय, प्रदेश निर्वाचन कार्यालय, इलाका प्रशासन कार्यालयमा मतदाता नामावली दर्ता गराउने व्यवस्था रहेको बताईएको छ ।
१५ दिन सम्म विदाका दिनमा पनि फोटो सहितको मतदाता नामावली संकलन गरिने प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो ।

फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रममा १६ बर्ष पुरा भएका नेपाली नागरिकता प्राप्त गरेका कोही पनि नछुटाई कार्य गर्न प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्देशन दिनुभएको छ । मोरङमा २०७४ देखि स्थानीय स्तरमा गएर फोटो सहितको मतदाता नामावली संकलन कार्य हुन सकेको छैन । २०७७ पुस सम्ममा मोरङमा ६ लाख ६९ हजार ४९० जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button