Tune to BFM 91.2|Biratnagar

मोरङ्गमा भएको दुर्घटनामा २ जनाको मृत्यु

विराटनगर, ६ जेठ । मोरङको ग्रामथान गाउँपालिका–४ मोतिपुरमा हिजो साँझ ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना ४ त ६३७४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा भारत सुपौल घर भएका पंकज झाका डेढ वर्षीय छोरा निखिल झाको मृत्यु भएको छ ।

ट्याक्टरको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको हो । बालकका बुवा पंकज टीबीटी इँटा भट्टामा काम गर्ने मजदुर हुन् । त्यही इँटा लिनलाई इँटा भट्टा जाँदै गरेको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले ट्याक्टर चालक ग्रामथान–४ का २६ वर्षीय सञ्जय माझीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको बताउनु भयो ।

सैबिच मोरङको सुन्दरहरैंचा नगरपालिका–३ मा घरको झ्यालबाट लडेर एक महिलाको मृत्यु भएको छ । ४५ वर्षीया तेजमन्थी राईको आफ्नै घरको झ्यालबाट लडेर हिजो साँझ मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।

लडेर घाइते भएकी राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि विराटनगर ल्याइएकोमा विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button