Tune to BFM 91.2|Biratnagar

लकडाउन प्रभावकारी बनाएका छौं : प्रजिअ भुजेल

विराटनगर, ३० वैशाख । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले मोरङमा कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम भईरहेको बताउनुभएको छ । प्रशासन कार्यालयले प्रदेश सरकार र स्थानीय तहहरुसँगको समन्वयमा काम गरिरहेको उहाँको भनाई छ ।

मोरङमा छिमेकी मुलुक भारतबाट प्रवेश गर्नेबाट जोखिम देखिएपनि वोर्डरसील भएकाले डराउनुपर्ने अवस्था नरहेको प्रजिअ भुजेलको भनाई छ । दुईदेशवीच आवतजावत बन्द भएपनि खुल्ला सिमानाका कारण लुकीछिपी आउजाउ गर्नेबाट समस्या देखिएपछि सुरक्षाकर्मीको सीमामा उपस्थिति बढाईएको उहाँले बताउनुभयो ।

आज विहान वीएफएमसँगको कुराकानीमा प्रजिअ भुजेलले लकडाउनका कारण दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरुलाई बढी समस्या भएको बताउनुभयो । गृहमन्त्रीको अध्यक्षतामा रहेको सेन्ट्रल क्राईसेस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) मोरंगमा पनि गठन गरेर लकडाउनलाई प्रभावकारी बनाउँदै लगिएको उहाँले बताउनुभयो ।

निरन्तरको लकडाउनका कारण अत्यावस्यक सेवाहरु सञ्चालन गरिएको उहाँले बताउनुभयो । वैशाख २४ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार सञ्चालित अत्यावस्यक सेवाहरुका ढुवानीका साधनलाई आवश्यकताका आधारमा बिहान, दिउसो र साँझको समय निर्धारण गरेर सञ्चालन गर्न दिएको प्रजिअ भुजेलले बताउनुभयो ।

उहाँले सञ्चालनमा रहेका उद्योगहरुले सरकारले तोकेको प्रोटोकल अनुसार मजदुरहरको स्वास्थ्यजाच गरेर काममा लगाउनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button