Tune to BFM 91.2|Biratnagar

मोरङ्ग बाट बिदाभए लकडाउनले रोकिएका नौजना पाकिस्तानी

विराटनगर, ८ असार । ‘लकडाउन’ का कारण रोकिएर आफ्नो मुलुक फर्कन नपाएका नौ जना पाकिस्तानी नागरिकले आज मोरङ्ग छाडेका छन् ।

तीन महिनादेखि उनीहरुलाई मोरङ्गको सुनवर्षी नगरपालिका–९ स्थित मस्जिदमा राखिएको थियो । आवश्यक सबै प्रक्रिया पूरा भएर आफ्नो मुलुक फर्कने वातावरण बनेपछि उनीहरुले मोरङ्ग छाडेका हुन् ।

पाकिस्तानी नागरिकहरु जेहाद, साहिद स्लाम, खान, अली, ज्यादा, उल्लाहा, खान, इम्त्याज र जामिन इस्लाम धर्म प्रचारका लागि भनेर गत चैत १० गते मोरङ्गको सुनवर्षी आइपुगेका थिए ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि चैत ११ गतेबाट ‘लकडाउन’ सुरु भएपछि ६० वर्षमाथिका उनीहरुलाई मोरङ प्रशासनको निर्देशनमा मस्जिदमै क्वारेन्टाइनमा राखिएको थियो ।

‘लकडाउन’सँगै पाकिस्तानी नागरिकलाई बाहिर हिँडडुल, भेटघाट, धर्मको प्रचार गर्न र आफ्नो मुलुक फर्कन रोक लगाइएको थियो । कोरोना परीक्षण गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ आएको मोरङ प्रशासनले जनाएको छ ।

मोरङ्गका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले पाकिस्तानी राजदूतावासको पहलमा मोरङ्गमा रोकिएका सबै पाकिस्तानी नागरिकलाई आफ्नो मुलुक फर्कने वातावरण बनाइएको बताउनु भयो ।

मोरङ्गबाट काठमाडौं पुगेपछि उनीहरुलाई जहाजमार्फत पाकिस्तान पठाउने तयारी भइरहेको जानकारी भुजेलले दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button